२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोंगबुमा होटलको कोठाभित्र महिलाको शव फेला



 

काठमाडौं
काठमाडौंको गोंगबु मित्रनगर बबालिचोकमा रहेको एक होटलको कोठाभित्र महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार यहाँको कंचन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २६ वर्षीया महिला गए राति मृत अवस्थामा फेला परेकी छिन् ।

साथै काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बालुवा डिपो नजिक हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।