२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भदौं महिनामा आठ नयाँ चलचित्रहरु प्रर्दशनको तयारीमा



ललितखबर
भदौं महिनामा आठ नयाँ चलचित्रहरु प्रर्दशनको तयारीमा छन् ।
चलचित्र विकास बोर्डका अनुसार हिन्दुहरुको पर्व तीजको पुर्वसन्ध्यामा यही भदौं ६ गते तीनवटा चलचित्रहरु प्रर्दशन हुनेछन् ।
भदौं ६ गते शुक्रबारबाट ‘माग्नेराजा’, ‘जनैं हराएको सूचनाः सम्बन्धका धागाहरु’ र ‘ताराहरु’ प्रर्दशन हुनेछ ।
भदौं १२ गते विहीबार ‘कोशेढुंगा’ प्रर्दशनको तयारीमा छ । भोलिपल्ट शुक्रबार समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्र ‘गुन्युचोलो’ प्रर्दशन सुरु हुँदेछ ।
तेश्रो शुक्रबार भदौं शुक्रबारबाट चलचित्र ‘रिमै’ प्रर्दशनको तालिका छ । यस चलचित्रको निर्देशन खिलबहादुर गुरुङले गरेका छन् । यसै दिनबाट माधवराज खनालको निर्देशनमा बनेको चलचित्र ‘चिठ्ठी‘ पनि प्रर्दशन हुनेछ ।
भदौंको अन्तिम शुक्रबार सुशान्त गौत्तमले निर्देशन गरेको चलचित्र ‘अभिमन्यु’ प्रर्दशन हुने भएको छ ।
पछिल्लो समय नेपाली चलचित्रहरु राम्रो चलिरहेका छैनन् । धेरै चलचित्रहरुले लगानी उठाउन समेत मुस्किल परिरहेको अवस्थामा एकै तीन चलचित्रहरु प्रर्दशन गर्न निर्माताहरु तम्सिरहेका छन् ।्
अहिले चलचित्र भवनहरुमा हिन्दी चलचित्रहरु पनि उत्तिकै मात्रामा प्रर्दशन भइरहेको अवस्था छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।