२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विष्णु माझीको ‘म त नराउरी’ यस वर्षको सर्वाधिक हेरिने तिज गीत



काठमाडौं । गायिका विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ यस वर्षको सर्वाधिक हेरिने तिज गीत बनेको छ। १२ दिनअघि सार्वजनिक गरिएको यस गीतले युट्युबमा हालसम्म ७३ लाख भ्युज पाएको छ।

गत वर्षहरूमा जस्तो चर्चामा नआए पनि छोटो समयमा उच्च भ्युज पाउन गीत सफल भएको छ। केही दिनअघि एलिना चौहानको ‘छोरीको शिर आमा’ भ्युजको आधारमा अगाडि थियो। तर हाल विष्णुको गीतले १२ लाख बढी भ्युज पाउँदै त्यसलाई पछाडिबाट उछिनेको छ।

‘पुतलीको भट्टी’ भाग–२१ अन्तर्गतको यो गीतमा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई समावेश गरिएको छ।

गीतमा शम्भु चालिसेको छायांकन, प्रविण भट्टको सम्पादन र मोडल ललिता पौडेलको अभिनय रहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।