काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–३, चपली चोकमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगालका २८ वर्षीय केभी गुरुङ रहेका छन्।
बागमती प्रदेश ०२–०५० प ०७८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति करिब सवा ९ बजे दुर्घटनाग्रस्त भएको थियो। सो क्रममा मोटरसाइकल बा२ज ४९११ नम्बरको ट्याक्सीसँग ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई तत्काल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारका लागि मण्डिखाटारस्थित हेम्स अस्पताल पठाइएकोमा बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








प्रतिक्रिया