२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रामकृष्ण ढकालको ‘मालती मंगले’ चलचित्रको शुभमुहूर्त



काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ को शुभमुहूर्त बिहीबार सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजासहित कार्यक्रम गरिएको थियो।

शुभमुहूर्तमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायांकन सुरु गरेका थिए। निर्माता रामकृष्ण ढकालले चलचित्र स्तरीय र भावनात्मक कथा प्रस्तुत गर्ने बताए।

चलचित्रमा विजय र वर्षासँगै मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारको अभिनय रहनेछ। निर्देशन प्रकु पाण्डेयले गर्नेछन् भने कथा पनि निर्देशक स्वयंले लेखेका छन्।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायांकन तनहुँ र स्याङ्जामा हुनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।