ललितखबर
चलचित्र प्रर्दशनअघि निर्माण पक्षले विभिन्न तरिका अपनाएर चलचित्रको प्रचार प्रसार गरिरहेका हुन्छन् । चलचित्रको प्रचारका लागि पछिल्लो समय कलाकारहरुले नै विभिन्न विवाद श्रृजना गरेर चर्चा बटुल्दै चलचित्रको प्रचारको चालवाजी गरिरहेको समेत पाइन्छ ।
तर शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रको निर्माण पक्षले खासै प्रचारप्रसार गरेन । आज शुक्रबारबाट देशभरका हलहरुमा सुटुक्क प्रर्दशन भएपछि राजधानीमा विशेष शो पछि पत्रकारहरुले प्रचार रणनीतिबारे प्रश्न गरे ।
चलचित्रका मुख्य अभिनेता नाजिर हुसेनले अनौठो उत्तर दिए । भने, ‘मलाई चलचित्रको प्रसार गर्न डर लाग्यो ।’
उनका अनुसार केही समय अघि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकस् एल, जी, बी, टी, आई, क्यूका बारेमा आफूले एक सञ्चारमाध्यममा बोलेको विषयमा सोही समुदायबाट नराम्रो टिप्पणी आएपछि विवाद हुने डरले प्रचारमा सहभागी नभएको बताए । भने, ‘पछिल्लो समय फरक अन्र्तराष्ट्रिय मान्यताबारे मलाई थाहा छैन । यस समुदायहरुलाई सम्बोधन गर्ने भाषागत ज्ञान समेत छैन ।’
चलचित्रकी निर्देशक समुन्द्र भट्टले चलचित्रको प्रचार किन गरिएन भन्नेबारे निर्माताले नै भन्न सक्ने भन्दै पञ्छिन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकस् एल, जी, बी, टी, आई, क्यू को समस्याको कथामा आधारित चलचित्र ‘गुन्यु चोलो’ आजबाट देशभरका हलहरुमा प्रर्दशन सुरु भएको छ । चलचित्र निर्माणमा हलिउडका केही प्राविधिक र कलाकारहरुको समेत सहयोग लिइएको निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया