काठमाडौं
चलचित्र निर्माता विनोद पौडेलले आफ्नो पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नप्रति आपत्ती जनाउदै विज्ञप्ती प्रकाशन गरेका छन् ।
बिहीबार आफूले निर्माण गरेको चलचित्र ‘अभिमन्युः च्याप्टर वान’को ट्रेलर सार्वजनिक कार्यक्रममा एक सञ्चारकर्मीले सोधेको एउटा प्रश्नमा ‘नचलेको कलाकार’ प्रयोग गरेको विषयलाई ‘तीललाई पहाड’जस्तै बनाएर प्रचारवाजीमा उत्रेका हुन् ।
निर्माता विनोद पौडेलले निर्माण कम्पनी सेभेन सिज सिनेमाको लेटरहेटमा विज्ञप्ती प्रकाशन गर्दै अपशब्द प्रयोग हुन गएको घटनाप्रति कलाकारसँग माफी समेत मागेका छन् । सञ्चारकर्मीले अनुचित शब्द प्रयोग गरेको भन्दै कलाकारको मनोबल गिराउन कार्य नगर्न आग्रह गरेका छन् ।
प्रकाशित विज्ञप्तीमा भनिएको छ – यसप्रति हामी घोर भत्र्सना गर्दछौं र यस असावधान शब्द प्रयोगले कलाकारहरुको सम्मानमा आँच पुगेकोमा हामी गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण कलाकारहरूसँग हार्दिक माफी माग्दछौँ ।’
बिहीबार राजधानीको एक चलचित्र भवनमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी र पत्रकारहरुसँग प्रश्नोत्तर चलेको थियो । प्रश्नको उत्तर दिने क्रममा निर्माता पौडेलले सो प्रश्न सोध्नु उचित नभएको बताएका थिए ।
पछिल्लो समय चलचित्रको प्रचारका लागि विभिन्न किसिमका होहल्ला गर्ने चलन मौलाएको छ । प्रर्दशनको पुर्वसन्ध्यामा चलचित्र माग्नेराजामा पनि केदार घिमिरे माग्ने बुढाले ६१ लाख पारिश्रमिक लिएको र नलिएको विवाद चर्केको थियो । एक आपसमा दोषारोपणपछि केही दिनमै सो विषय सामसुम भएको थियो ।








प्रतिक्रिया