पछिल्लो समय चलचित्र प्रर्दशनका लागि निर्माता आफैले टिकट खरिद गरेर बाढ्ने प्रबृति बढेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले केही समयअघि नेपाली चलचित्र क्षेत्रमा निर्माता आफैले टिकट किनेर बाढ्ने गरेको खुलासा गरेका थिए । उनले सर्वकालीन व्लकबस्टर चलचित्र पूर्णबहादुरको सारंगी प्रर्दशनको बेलामा १०–१२ लाखको टिकट किनेको बताएका थिए । उनले यसलाई चलचित्र क्षेत्रको व्यापारिक योजनाको रुपमा व्याख्या समेत गरेका थिए ।
निर्माता पौडेलले लगानी गरेको चलचित्र ‘अभिमन्युः च्याप्टर वान’ भदौं २७ गतेबाट प्रर्दशनको तयारीमा छ । असोज ६ गते हिन्दी भर्सनमा समेत प्रर्दशन हुने यस चलचित्रका लागि उनले १२ लाखको टिकट किन्ने बताएका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले हिन्दी चलचित्र प्रर्दशनका लागि समेट टिकट किन्ने बताएपछि सहभागी पत्रकारहरु हाँसेको सुनिन्थ्यो ।
पछिल्लो समय चलचित्र प्रर्दशन भएपछि हलमा थोरै दर्शक देखिन्छन् । अनलाइनमा बिक्रि भएको टिकटको संख्या पनि न्युन हुन्छ । तर युट्युवरहरुको अगाडि दर्शकको भीड देखाएर चलचित्र राम्रो बनेको भन्दै होहल्ला गर्ने प्रबृति बढेको छ । चलचित्र चलाउनकै लागि क्यामेरा अगाडि रुवाबासी गर्ने चलन सुरु भएको देखिन्छ ।
यस समाचारको शिर्षक १२ लाख हुनु पर्नेमा भुलवस अन्यथा भएकोमा क्षमायाचना सहित सच्याइएको छ ।
सम्पादक








प्रतिक्रिया