काठमाडौं
अभिनेत्री सनिशा भट्टराईले आशिर्वाद क्षेत्रीसँग चलचित्रमा सँगै स्क्रिन शेयर गर्ने रहर लागेको बताएकी छिन् ।
राजधानीमा ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री भट्टराईले आर्शिवादको अभिनयको खुलेर प्रशंसा गरिन् ।
्,‘एकदमै राम्रो हुनुहुन्छ। एक्टिङ पनि राम्रो गर्नुहुन्छ,मैले उहाँको चलचित्र पनि हेरेको छु। फ्युचरमा उहाँसँग अझैँ धेरै काम गर्न मन छ।’ आर्शिवादले पनि सँगै चलचित्रमा अभिनय गर्ने योजना सुनाए ।
उनका अनुसार एउटा चलचित्रमा कुराकानी भइरहेको छ । केही समयमै फाइनल हुन सक्ने उनले बताएका छन् ।
उनलेृ गीतमा अभिनय गर्दा रमाइलो भएको आर्शिवादले सञ्चारकर्मीहरुसँग अनुभव सुनाएका थिए ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले भिडियो गीत निकै राम्रो लागेको बताए।
उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ गरे। यो गीतलाई स्रोता तथा दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्दै निर्मण टिमलाई बधाई दिए। यो गीतको एरेन्ज बाबुल गिरीले गरेका छन्। पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेञ्ज गरेका छन्।
दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आदिर्वादको केमेष्ट्री मिलेको देख्न सकिन्छ।
गीतलाई राजेश शाहले मिक्सिङ÷मास्टरिङ गरेका हुन् भने भिडियोमा मेकअप डिपा पौडेलले गरेकी छिन्। प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन भने छायांकन उत्तम हुमागाईंले गरेका हुन् । त्यसै गरि गीतको भिडियोको रंग संयोजन प्रकाश मानन्धरको छ। यो गीतलाई निर्माण पक्षले छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन, अमेजन प्राइम म्युजिकमा रिलिज गर्ने जानकारी दिएको छ। एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियोलाई एसएस प्रोडक्सन लण्डनले निर्माण गरेको हो।








प्रतिक्रिया