२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हर्ष’को प्रचार सुरु, पोस्टरमा पारिवारिक कथावस्तु उजागर



काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म **‘हर्ष’**को प्रचार अभियान सुरु भएको छ। फिल्मको पहिलो चरणको प्रचारअन्तर्गत सार्वजनिक गरिएका दुई नयाँ पोस्टरले यसको पारिवारिक कथावस्तुलाई झल्काएका छन्।

प्रथम पोस्टरमा खगेन्द्र लामिछाने, वर्षा राउतसँगै शर्मिला मल्ललाई खुसी मुद्रामा देखाइएको छ भने सन्तोष पन्त असन्तुष्ट भावमा प्रस्तुत छन्। दोस्रो पोस्टरमा फिल्मको सम्भावित गीत दृश्य समेटिएको छ, जहाँ खगेन्द्र, वर्षा र सन्तोषसहित विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेका देखिन्छन्। यसै पोस्टरमा नीर शाहलाई गम्भीर भावमा प्रस्तुत गरिएको छ।

फिल्मको निर्देशन एकता पौडेलले गरेकी हुन्। उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। निर्देशन सुरु गर्नु अघि उनले फिल्मको टाइटल भिडियो ‘मामा’ सार्वजनिक गर्दै सम्झनामा समर्पण गरेकी थिइन्। एकता पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङको अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्।

फिल्ममा निमा पाण्डे, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापितलगायतका कलाकारको पनि अभिनय रहेको छ। फिल्मको कथा निर्देशक पौडेलकै रहेको छ भने छायांकन आलोक शुक्ला, सम्पादन लोकेश बज्राचार्य, र कोरियोग्राफी सुनिल क्षेत्री र एकता पौडेलले गरेका छन्।

‘हर्ष’ फिल्म आगामी मंसिर १२ गते प्रदर्शनमा आउँदैछ। यसका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल रहेका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।