काठमाडौं
गोंगबुको होटलमा एक बर्षदेखि बस्दै आएका युवकको शव फेला परेको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–६ घर भएका ३२ वर्षीय सन्तोष गिरीको उक्त होटलमा शव फेला परेको हो ।
काठमाडौं प्रहरीका अनुसार काठमाडौं टोखा नगरपालिका ९ गोंगबु मिलनटोलस्थित होटल गाउँलेमा उनको शव फेला परेको थियो ।
सो होटलको कोठा नम्बर १ सय ८ मा उनी विगत १ वर्ष देखि बस्दै आएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया