२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरीमा मोटरसाइकल दुर्घटनामा चालकको निधन, एकजना घाइते



 

काठमाडौंको चन्द्रागिरीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको निधन भएको छ भने एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ पुरानो
नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको निधन भएको छ ।
आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।