२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेत्री नर्गिसको र अमेरिकी धनाढ्यसँग विवाहको चर्चा



 

पछिल्लो समय बलिउड चलचित्र दुनियामा बलिउड अभिनेत्री नर्गिस फाख्रीको विवाहको चर्चा छ ।

रकस्टार चलचित्रमार्फत बलिउडमा चर्चा कमाएकी नर्गिसले अमेरिकी उद्यमी टोनी बेगसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका छन् ।

उनीहरुको विवाह गएको १६ फेब्रुअरी अमेरिकाको क्यालिफोर्नियामा भएको तर सबै कुरा आजसम्म गोप्य राखेको तथ्य खुलेको छ । वैवाहिक समारोहमा साथी तथा परिवार

का सदस्य मात्र सहभागी थिए। बलिउडका कसैलाईं पनि निम्ता थिएन ।
नर्गिस र टोनी छुट्टी मनाउन निस्किएको दृश्य र केक सामाजिक सञ्जालमा पोष्ट भएपछि विवाह भएको भन्दै सामाजिक सञ्जालमा हलचल मच्चिएको हो । यद्यपि नर्गिस दम्पतीले अफैंसम्म विवाह भएको आधिकारिक तस्वीरहरु अझै सार्वजनिक गरेका छैनन् ।

अभिनेत्री नर्गिस सधैं आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक हुनबाट बचाउन खप्पिस छिन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।