काठमाडौं
अभिनेता अक्षय कुमार र अर्शदसँग आफ्नो प्रर्दशन्मुख चलचित्र ‘जाली एलएलबी ३’ को ट्रेलर सार्वजनिकको विषयमा झगडा परेको छ ।
अभिनेता अक्षय कुमारले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियो अनुसार सह–अभिनेता अर्शद वार्सीसँगको चलचित्र ‘जाली एलएलबी ३’ को ट्रेलर सार्वजनिक गर्ने विषयमा झगडा भएको छ ।
‘जॉली एलएलबी ३’ को ट्रेलर सार्वजनिक गर्ने विषयमा विवाद भएको भन्दै उनले त्यसको जिम्मा प्रशंसकलाई दिएका छन् ।
भिडियोमा अक्षयले प्रशंसकलाई भनेका छन्, ‘ट्रेलर लञ्च कानपुरमा गर्ने कि मेरठमा ?, कानपुरको स्वाद कि मेरठको अन्दाज?’
उनको यो रमाइलो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने ट्रेलर सार्वजनिक गर्ने स्थानबारे प्रशंसकबीच पनि चर्चा सुरु भएको छ ।
च्लचित्रको प्रचार रणनीति अनुसार यो रमाइलो भिडियो बनाएर चर्चा कमाउन र चलचित्र चलाउने फण्डा गरेको बुझ्न पनि कठीन पर्दैन ।








प्रतिक्रिया