ललितखबर
नेपाली चलचित्रहरुको व्यापार सार्वजनिक विदा वा चाडबाडहरुमा राम्रो हुने गरेको छ । चाडपर्वको छेको पारेर चलचित्र प्रर्दशन गर्न निर्माता निर्देशकहरुको युद्ध नै चल्ने गरेको छ । गएको दशैमा छक्का पञ्जा ५, १२ गाँउ र घरज्वाई प्रर्दशनको लागि हानथाप भयो । त्यसबेला निर्माता तथा अभिनेता दिपकराज गिरी र विराट भट्टबीच द्वन्द्व विजारोपण भयो ।
यो बर्ष दिपकराज गिरीले दशैंको छेको पारेर चलचित्र ल्याएनन् । उनले पहिले नै अर्को दर्शैमा चलचित्र ल्याउने घोषणा गरिसकेका छन् । निर्माता अथा अभिनेता विराज भट्ट पनि १२ गाँउ २ प्रर्दशन गर्ने घोषणा गरेर तयारीमा छन् । यो दशैंमा विराज भट्ट पनि कुनै चलचित्र प्रर्दशनमा छैनन् । तर उनको छोरा समिर घट्टको चलचित्र बलिदान प्रर्दशनको तयारीमा रहेको छ । उनै समिर भट्टको चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा निर्देशक सन्तोष सेन समिरलाई बाघ अभिनेताको रुपमा चिनाइरहेका छन् ।
केही दिनअघि दिपकराज गिरीले अरुको चलचित्रलाई गाली गर्न लगाउने काम बन्द गर्न आग्रह गर्दै आफ्नो हिरो बाघ र अरुको स्यालको रुपमा चित्रण गरेको भन्दै असन्तुष्टि जनाएपछि चलचित्र बलिदानका निर्देशक सन्तोष सेन आक्रोसित हुँदै कालीमाताको कमस खाँदै कसैलाई गाली नगरेको स्प्रष्टिकरण दिए ।
द्वपक्षिय विवादको बीचमा दशैंमा नै प्रर्दशनको तयारीमा रहेको माइतीघर चलचित्रका निर्माता रोहित अधिकारी मिसिदै आफ्नो चलचित्रको बारेमा गाली गलैजा गरेको आरोप लगाउदै साइवर व्युरो भोटाहिटी पुगेर मुद्दा दर्ता गरे ।
चलचित्र प्रर्दशनको क्रममा सुरु भएको विवाद मुद्दा दर्ता पनि साम्य भएको छैन । दुबै चलचित्रका निर्माताहरु एक अर्काको विरुद्ध षड्यनत्र भएको भन्दै भिडियो सार्वजनिक गर्दै रमिता देखाउन थालेका छन् । निर्माता अधिकारी आफूलाई धम्की दिएको र कसैले निगरानी गरेको भन्दै सिसिटिभिको फुटेज सार्वजनिक गरिरहेका छन् ।
उता निर्देशक सन्तोष सेन भने कसैलाई गाली गर्न लगाएको रहेछु भने, यही क्षण भष्म होस् भन्दै किसिया खाइरहेका छन् ।
दिपकराज गिरी गएको बर्षदेखि नै आफू र आफ्नो परिवारका सदस्यहरुलाई निरन्तर गालीको बर्षा भइरहेको भन्दै दुखेसो पोखिरहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल चलचित्रकर्मीहरुको आक्रोस पोख्ने, गाली गर्ने, आरोप लगाउने र कसम खाने थलो बनेको छ ।








प्रतिक्रिया