काठमाडौं
नेपाली चलचित्र क्षेत्रकी सशक्त निर्देशकको परिचय बनाएकी कृषा चौलागाइँद्वारा चलचित्र ‘पारस’को घोषणा गरेकी छिन् ।
राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर उनले चलचित्रमा उनकै भाई बिशाल चौलागाइँले लगानी गर्नेछन् ।
केपी फिल्मस्का व्यानरमा निर्माण हुने यस चलचित्र फागुनबाट छायांकनमा जाने चलचित्र पारसमा एक्सनसँगसँगै लभ स्टोरी हुनेछ ।
आफ्नो जन्मदिनको सुअवसर पारेर निर्देशक चौलागाइँले आफैले तयार पारेको कथामा चलचित्र निर्देशन गर्नेछिन् ।
सचिन लदियाले लेखेक कथामा बन्ने चलचित्रको डिओपी पुरुषोत्तम प्रधानले गर्नेछन् । चलचित्रका कलाकार तथा अन्य प्राविधिक पक्षको बारेमा बिस्तारै जानकारी दिने निर्देशक कृषाले बताईन्।
उनले भनिन्,‘यो चलचित्रलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ। मैले निर्देशन गर्दैछु।’ निर्माता बिशाल चौलागाइँले दिदीको जन्मदिनमा चलचित्र निर्माणको गर्ने योजना बनाएको बताए। साथै उनले पिताम्बरमा भएको गल्तीहरु अब निर्माण हुने चलचित्र ‘पारस’मा सुधारिने बताए। ‘अघिल्लो वर्ष हामीले उहाँ (कृषा)लाई गिफ्ट नै दिएको हो। उहाँको सुटिङ हुँदा हुँदै पनि हामीले सेलेब्रेट गरेका थियौँ,’निर्माता बिशालले भने,‘सबैलाई थाहै छ कस्तो भाको थियो भन्ने।
सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनाका साथै नयाँ चलचित्रका लागि शुभकामना दिए। निर्माण पक्षले यो चलचित्रको प्रर्दशन घोषणा भने गरेको छैन। कृषाको पहिलो निर्देशकिय चलचित्र ‘ऐचोपैचो’हो।








प्रतिक्रिया