३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री करिष्माले छोडिन् एमाले



ललितखबर
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमाले परित्याग गरेको घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले आफू जनताको कलाकार भएको बताउदै जनता कै आवाज रहन चाहेको उद्घोष गरेकी छिन् ।
ऋभिनेत्री मानन्धरले आगामी सन्ततिप्रति जिम्मेवारी आफ्नो पहिलो प्राथमिकता रहेको स्मरण गराउदै राजनीतिक संस्थामा संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र भएको प्रष्ट लेखेकी छिन् । उनले भनेकी छिन्, ‘आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

केही समयअघि एमाले प्रवेश गर्दै आफ्नो न्वारनको नाम सूर्यकुमारी रहेको र आफू सच्च एमाले रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उनको भनाई उनकै शव्दमा ः

मानव भएर जन्मिएको नाताले,
मानवता नै मेरो पहिलो प्राथमिकता हो ।
न्याय मेरो पहिलो प्राथमिकता हो ।
आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो ।
र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामथ्र्य मेरो पहिलो प्राथमिकता हो ।
अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।
म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।