काठमाडौं
गएराती काठमाडौंको बनस्थलीमा टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालक सातदोबाटोका युवकको निधन भएको छ ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको
टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको निधन भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार
बिहान निधन भएको हो ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।
३० भाद्र २०८२, सोमबार
484
Shares








प्रतिक्रिया