१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी नगरपालिकाले माग्यो लुटिएको सामान फिर्ता



ललितखबर
गोदावरी नगरपालिकाले गएको मंगलबार भएको लुटपाट र आगजनीको क्रममा महानगरिय प्रहरी बृत्त चापागाँउ प्रहरी प्रभाग बाड्ेगाँउ, कृष्णप्रसाद भट्राई निवास र वडा कार्यालयहरुबाट लुटिएको सरसामान फिर्ता गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।
नगरपालिकाले सो समयमा ती स्थानहरुबाट सरसामान लुटेर लैजाने क्रममा विभिन्न भिडियोहरु संकलन भइरहेकोले ती सरसामान फिर्ता गर्न र जिम्मेवार र सम्मानित नागरिक बन्न आग्रह गरेको छ ।
सो दिन आन्दोलन पछि भएको देशव्यापाी लुटपाटका क्रममा विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सरसामान सगर्व लुट्नेहरुलाई सर्वत्र तुक्ष गाली गरेको देख्न सकिन्छ ।
लुटपाटको घटनाको छानविन गरेर कारवाही गर्न आवाज उठिरहेको छ । सो घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले समेत दुःख व्यक्त गर्दै कारवाहीको प्रकृयामा ल्याउने बताएकी छिन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।