२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नैकापमा ट्याङ्करको ठक्करपछि स्कुटरमा सवार बृद्धको निधन



काठमाडौं
काठमाडौंको नैकापमा ट्याङ्करको ठक्करपछि स्कुटरमा सवार बृद्धको निधन भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित सडकमा लु.१ क ४४२५ नम्बरको ट्याङ्करले बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा आइतबार दिउँसो स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।