काठमाडौं
बलिउड अभिनेत्री इलियानाले चलचित्रको अनुराग बसुसँग चलचित्र ‘बरफी’ छायांकनका क्रममा वादविवाद भएको खुलासा गरेकी छिन ।
उनले चलचित्रको सेटमा आफू खुशी साथ पुग्दा निर्देशक बसु खराब मूडमा रहेको अवस्थामा आफूमाथि रिस पोखेको अनुभव सुनाएकी छिन् । आफू अपमानित भएपछि अभिनेत्री डी’क्रुजले चलचित्र छोड्न चाहेको बताइन् । भनिन् त्यो अवस्थामा आफूले निर्मातासँग कुरा गरेर सेट छोड्न तयार पनि भएको बताइन्
तर पछि उनलाई सम्हालिएको कारण त्यसो भएन । ‘ तर हामीले त्यसलाई पछि हाँसी–खुसी टार्यौं र अँगालो मार्यौं,’ उनले सम्झिइन् ।
३० करोडमा बनेको यो चलचित्र ‘बरफी’ले विश्वव्यापी रूपमा १ सय ७५ करोडभन्दा बढी कमाइ गरेको थियो र यो चलचित्रलाई भारतको तर्फबाट ओस्करमा पठाइएको थियो।
आफ्नो हिन्दी चलचित्र करिअर सुरु गर्न बरफी! रोज्दा केही हिचकिचाहट भएको खुलासा गरेकी छिन्। उनले सञ्चारमाध्यमहरुसँगको अन्तर्वार्तामा भनिन्, ‘मलाई थाहा थिएन कि यो चलचित्र सही डेब्यू हुनेछ कि होइन। तर अनुराग बसुको लगातारको आग्रह र चलचित्रको अनौठो अन्त्यले मलाई निर्णय लिन प्रेरित ग¥यो।’
उनले अभिनेता रणबीरसँग काम गर्दा अझै प्रभावित भएको बताइन्। उनी निकै चिल र सजिलो स्वभावका रहेको भन्दै अभिनेता कपुरको प्रशंसा समेत गरेकी छिन् ।
उनले सेटको एउटा रमाइलो क्षण पनि सम्झिइन्, जहाँ रणबीरले उनलाई प्राङ्क गरेका थिए। “फुच्चका खाने दृश्यमा दादाले (अनुराग बसु) मलाई पूरै फुच्चका एकै पटक मुखमा हाल्न आग्रह गर्दै थिए।
एजेन्सीको सहयोगमा








प्रतिक्रिया