१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जारी २’को प्रर्दशन मिती फेरि हेरफेर



चलचित्र ‘जारी २’को प्रर्दशन मिती फेरि सरेको छ ।
देशमा भ्रष्टाचार अन्त्यको माग गरेर जेन जी पुस्ताले देशभर आन्दोलन सुरु गरेपछि सरकारको दमन र आन्दोलनकारीको आगजनीपछि अशान्त बनेपछि असोज ३ गते प्रर्दशन मिती स्थलन गर्दै निर्माण पक्षले कार्तिक ६ गते चलचित्र प्रर्दशन गर्ने योजना सार्वजनिक गरेको थियो ।
एउटै समयमा अन्य दुई चलचित्र प्रर्दशन हुने र अभिनेता दयाहाङ राईको तीनै वटामा भूमिका रहेको अवस्थामा निर्माण पक्षले कार्तिक २१ गतेबाट चलचित्र प्रर्दशन गर्ने भएको हो ।
चलचित्रका निर्देशक रामबावु गुरुङले सल्लाहमै फेरि समय हेरफेर गरिएको बताएका छन् । लामो समयदेखि चलचित्रको मिती तोकेर काम गरिरहेको अवस्थामा एक्कासी असहज परिस्थिती श्रृजना भएकै कारण यो अवस्था आएको हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्र जारी सुपर हित भएपछि निर्माण पक्षले सिक्वेल बनाएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।