२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वरिष्ठ बलराम’को रोचक पोस्टरहरु सार्वजनिक, दयाहाङ र विजयबीच घम्साघम्सी



 

काठमाडौं

चलचित्र बरिष्ठ बलरामको रोचक दुई पोस्टरहरु सार्वजनिक भएको छन् ।

एउटा पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय घम्साघम्सीमा उत्रेका छन् । चलचित्रको कथामा द्वन्द्वको उत्कर्ष देखाउन निर्माण पक्षले कुस्ती खेलिरहेको पोस्टर सार्वजनिक गरेको हो ।
अर्को पोस्टरमा दयाहाङ र विजय पनि केही सोच्दै रिसाएको भावमा देखिएका छन् । अभिनेत्री समृद्धि अर्याल मिठो मुस्कानमा देखिएकी छन् । सँगै कलाकारहरु मोटर वाइकमा दौडिरहेका छन् ।

तिहारको भाइटीकाबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण गरिएको हो । पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलमा सिर्जना गरेको छ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

चलचित्र ‘वरिष्ठ बलराम’ अहिले पोस्ट प्रोडक्सनमा छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।