काठमाडौं
आज चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । ट्रेलर पावरफूल देखिएको छ । पारिवारिक कथामा यो चलचित्र बनेको छ ।
चलचित्र दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गते फूलपातीबाट प्रर्दशनको तयारीमा छ । चलचित्रमा बुद्धि तामाङ र केदारप्रसाद घिमिरेले हास्य विधालाई बलियो ढंगले पस्केका छन् ,
मिलन तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रको ट्रेलरमा तामाङ संस्कृतीमा त्रिकोणात्मक प्रेम कथा हास्यशैलीमा प्रस्तुत गर्न खोजिएको छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् ।
रामशरण पाठकको लेखन रहेको चलचित्रमा रोहित अधिकारी चलचित्रस् प्रा.लिको व्यानरमा निर्माण भएको छ । दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो चलचित्र ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ । चलचित्रको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ ।








प्रतिक्रिया