ललितपुर
ललितपुर ठेचोमा ट्याङकरमा मोटरसाइकल ठक्कर खाएपछि चालकको निधन भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर ठेचो बस्ने कैलाली घर भएका ४८ वर्षीय कमल सिंह ठकुरीको निधन भएको हो ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–१२ ठेचोस्थित सडकमा बा.३ क २८४५ नम्बरको ट्याङकरले बाग्मती प्रदेश ०२–०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।








प्रतिक्रिया