२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नमोबुद्धका पूर्वमेयर तिमल्सिनाको दुर्घटनापछि निधन



काभ्रेपलाञ्चोक
नमोबुद्ध नगरपालिकाका पूवमेयर टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ ।
पूवमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन् ।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरमेयरमा निर्वाचित भएका थिए ।
गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उन दुर्घटनामा परेका हुन् ।
गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए। तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।