२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एक खुट्टाले नाचेर प्रसिद्धी कमाएकी सीता सुवेदीको निधन



काठमाडौं । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। ३ महिनादेखि फोक्सोको क्यान्सर पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ।

उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ। उनलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नु परेको थियो।

उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन्। उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।