चलचित्र ‘जेरीः अन टप’ ‘कस्तूरी’ गीत युट्युवबाट निर्माण पक्षले हटाएपछि दर्शकले व्यापक चासो देखाएका छन् ।
सोमबार सार्वजनिक भएको चलचित्र ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत युट्युबबाट केही सुधार गर्नु पर्ने अवस्था आएको भन्दै हटाइएको हो । निर्देशक सरोज न्यौपानेले मंगलबारविहानसम्म पुनः सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
बूढासुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीत आज हटाइएको हो ।
गीत युट्युबबाट हटेपछि दर्शकहरुले यसप्रति व्यापक चासो समेत राखेका छन् । अनमोल केसी र आँचल शर्मा फिर्चड रहेको गीतले युट्युवमा राम्रो प्रतिकृया पाएको थियो ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा जसिता गुरुङ, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको पनि अभिनय छ ।
चलचित्र यही असोज ३१ गतेबाट प्रर्दशनको तयारीमा रहेको छ ।








प्रतिक्रिया