ललितखबर
ग्लामर दुनियामा नेपाली गायक गायिका सरल देखिन्छन् । मिठो बोल्छन् । सबैको सम्मान गर्छन् । उनीहरुको जीवनशैली पनि उस्तै हुन्छ ।
तर गायक प्रताप दास भने फरक छन् । उनी सधै हाँसी मजाक गर्न मन पराउछन् । आफ्ना साथीहरुसँग खुलेर बोल्छन् अनि रमाउछन् । उनलाई बुझेकाहरुलाई त सहज नै होला नबुझ्नेहरुले गायक प्रताप दासबारे फरक लाग्छन् ।
पछिल्लो समय उनी अमेरिकातिर छन् । ‘अब गाँउछ अमेरिका’ नामको साँगेतिक टुर लिएर अमेरिका पुगेका उनी विभिन्न खाले तस्विरहरु सामाजिक सञ्जालमा हालेर चर्चामा आइरहेका छन् ।
उनीसँगै गायिका रचना रिमाल र कविता नेपालीलगायत अमेरिका घुमिरहेका छन् । सामाजिक सञ्जालमा उनीहरुसँगैको तस्विर र भिडियोहरु निरन्तर आइरहेका छन् । बारम्बार गायिका एलिना चौहानसँग तस्विर र भिडियोमा देखेपछि कतिपयले दुबै प्रेममा रहेको अनुमान गर्दै समाचार पनि बनाए ।
गायक गायिकाको भाइरल जोडीसँगै गायक प्रतापले कहिले रोनाल्डो र मेस्सीसँग तस्विर सार्वजनिक गरिरहेका छन् । अमेरिकातिर पुगेका गायक प्रतापले फुटवलरसँग भेटेको अनुमान गरे पनि यो साँचो होइन । गायक प्रताप दासले एआईको सहयोगमा यस्ता तस्विर बनाएर सार्वजनिक गरिरहेको तस्विरखबरसँग बताए । भने, ‘रमाइलोका लागि बनाएको हो ।’








प्रतिक्रिया