भक्तपुर
भक्तपुरको सृजनानगरमा लाखौं रकमको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ सृजनानगर डेरा गरी बस्ने पर्वत ठुलोपोखरी गाउँपालिका ५
घर भएकी ३८ वर्षीया सरस्वती गायकको कोठाबाट करिब १९ लाख ८० हजार रूपैयाँ
बराबरको सुनका विभिन्न गरगहना शनिबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया