दशैंको फुलपातीबाट प्रर्दशन सुरु भएको चलचित्र ‘बलिदान’का निर्देशक सन्तोष सेन पत्रकारहरुले चलचित्रप्रति गरेको स्वतन्त्र टिप्पणी र समिक्षाप्रति आक्रोस व्यक्त गरेका छन् ।
चलचित्र ‘बलिदान’ले अपेक्षित वक्सअफिस कलेक्सन गर्न नसकेको अवस्थामा दर्शक तथा पत्रकार समिक्षकहरुले उत्साहजनक समिक्षा दिइरहेका छैनन् । कतिपय व्यक्तिले गरेको चलचित्र टिप्पणीप्रति निर्देशक सेनले अस्विकार गर्दै राम्रो चलचित्र बनेको भन्दै अड्डी कस्दै षड्यन्त्र भइरहेको बताएका हुन् ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्देशक सेनले ‘लार्जर देन लाइफ’ फरम्याटका चलचित्र ‘चल्नु हुन्न’ भन्ने मनोभावनाबाट ग्रसितहरुले हल्ला फैलाएको आसय रहेको बताए । भने, ‘कतिपयलाई एक्सन चलचित्र चल्दा अरु चलचित्रलाई असर पर्छ भन्ने लागेर यस्तो हल्ला फैलाइएको छ ।’ उनले नियोजित रुपमा हल्ला फैलाइएको बताउदै हल्ला फैलाउने मिडिया फिल्डको व्यक्तिहरुलाई ‘नोटिसमा लिएको’ भन्दै निर्देशक सेन सबै नकारात्मक टिप्पणी योजनाबद्ध रहेको बताउछन् ।
उनले जुनसुकै चलचित्रमा कमजोरी हुने बताउदै घुमाउरो ढंगले आफ्नो चलचित्र कमजोर रहेको स्विकार समेत गरेका छन् ।
करिव ६ करोड २५ लाख रुपैयाँ लगानीमा निर्माण भएको यस चलचित्रले गत सोमबार २ सय ४४ शो सहित प्रर्दशन हुँदा ५७ लाख १९ हजार ३४० रूपैयाँ बक्सअफिस कलेक्सन रिर्पोट सार्वजनिक भएको थियो ।
चलचित्र ‘बलिदान’मा समिटर भट्ट, सौगात मल्ल, ऋचा शर्मालगायतको अभिनय रहेको छ ।








प्रतिक्रिया