ललितखबर
युट्युवमा भर्खरै दुई नेपाली चलचित्र आएका छन् ।
मंगलबार निर्माण पक्षले युट्युवमा दुःखी आत्मा सार्वजनिक गरेको हो भने आज बुधबार चलचित्र मनसरा पोष्ट भएको छ ।
यी दुवै चलचित्रका मुख्य अभिनेता दयाहाङ राई रहेको छन् ।
चलचित्र मनसरामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलगायतको अभिनय रहेको छ । चलचित्र उपेन्द्र सुव्वाको निर्देशन र लेखनमा निर्माण गरिएको हो ।
दुःखी आत्मा भने पत्रकार हुदै चलचित्र निर्देशनमा होमिएका दिपेन्द्र लामाले निर्देशन र लेखनमा निर्माण भएको हो । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा र अनुपविक्रम शाहीको अभिनय हेर्न पाइन्छ ।








प्रतिक्रिया