काठमाडौ
युट्युवमा चलचित्र ‘मैझारो’को साकेला नाच सार्वजनिक भएको छ
दसैंको पुर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको हो ।
राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको संगीत भने तोरेम्पाहाङ राईले भरेका छन् ।
ओएसआरको युटुब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन्। दयाहाङ राई,दीया पुन,धिरज मगर र मिरुना मगर छन्। उनीहरुले छमछमी साकेला नाचेका छन्। नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूको धान रोप्ने र बाली भित्र्याउने पर्वका रूपमा साकेला मनाउने गरिन्छ।
हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र हो। नेपाली मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो चलचित्रका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायांकन गरेका चलचित्रको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।
कातिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो चलचित्रको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो।








प्रतिक्रिया