२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीबाट लागूऔषधसहित दुई युवक पक्राउ



काठमाडौं
दक्षिणकाली सडक हुँदै काठमाडौंमा लागूऔषध भित्राउदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका–९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुका सम्बन्धमा अनुसन्धानसँगै कानूनी कारवाहीको प्रकृया सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।