२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्डमा केही काम गर्न सकिन : भुवन केसी



ललितखबर
चलचित्र विकास बोर्डका पुर्वअध्यक्ष तथा अभिनेता भुवन केसीले आफूले केही काम गर्न नसकेको स्वीकार गरेका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै अभिनेता केसीले व्युरोक्रेसी र सञ्चार मन्त्रालयले काम गर्न नदिएको आरोप लगाएका छन् । उनले भने,‘हामीले बनाएको योजनाहरु सञ्चार मन्त्रालयहरुले चाहे मात्रै पुरा हुने रहेछ ।’ चलचित्र क्षेत्रको समस्याहरु समाधान हुनुपर्ने तर्क गर्दै उनले जेन जीको मागको समर्थन गरेका छन् । विकास बोर्ड स्वायत्त नहुँदा चाहेर पनि चलचित्र क्षेत्रको विकासमा काम गर्न सकिने अवस्था रहेको अभिनेता केसीको भनाई छ ।

आफू नेपाली काँग्रेसको कोटाबाट बोर्ड अध्यक्ष भए पनि आफू स्वतन्त्र कलाकार भएको उनको दाबी छ । उनले नेकपा एमाले पार्टीमा प्रवेश गरे पनि विकास बोर्डमा जान नपाएको उनले दुखेसो पोखे ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।