नेपाली चलचित्र क्षेत्रका पुराना अभिनेता निखिल उप्रेती अभिनेत्री वर्षा शिवाकोटीसँगै चलचित्र ‘कस्तुरी’मा सँगै देखिने भएका छन् । चलचित्रमा कलाकारहरु निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन् ।
उप्रेती र शिवाकोटीलाई लिएर चलचित्र ‘कस्तुरी’ गर्ने निर्माण पक्षले घोषणा गरेको हो ।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्।
ऋत बोहोराको कथा र निर्देशन रहने यो चलचित्रमा सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो।
चलचित्रको कथा ब्रजेश खनालले लेखेका छन्। निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टको जिम्मामा हुनेछ।
फिल्ममा संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुने छ। चलचित्रको प्रचार–प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन्।
निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ ।








प्रतिक्रिया