२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल



 

काठमाडौं

चलचित्र ’होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल भएको छ ।
भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता बनेको हो । नेपालमा लगातार ५१ दिन प्रदर्शनको हुन सफल नेपाली चलचित्र ’होस्टेल ३’ सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको र यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताएका छन् ।
भारतमा ’होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। चलचित्र होस्टेल ३ सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि चलचित्रको ५१ दिन पूरा भएको खुसी व्यक्त गरेका छने । भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।“

’होस्टेल ३’ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्।

सफल व्यापारसँगै ’होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ’सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। दर्शकहरूले यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका माध्यमबाट डाउनलोड गरी हेर्न सक्छन्। साथै, वेब ब्राउजर वा क्रोमकास्ट प्रयोग गरी कम्प्युटरमा समेत सहजै हेर्न सकिन्छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।