६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध



काठमाडौं । काठमाडौं महानगरपालिकाका ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विवरण सार्वजनिक गर्दै विभिन्न उमेर समुहका ५६ हजारबढी नागरिकहरु स्वास्थ बीमामा आवद्ध भएर लाभ लिरहेका बताएका हुन् ।

मेयर साहका अनुसार १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति पनि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका थिए ।

काठमाडौं महानगरपालिकामा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण भएका छन् । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरी मेयर साहले १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस गरेका छन् । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।