काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँसहित देशका विभिन्न भागमा ज्यान गुमाउने ती व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार गृहमन्त्रालयलगायतका सरोकारवाला निकायको अध्ययनपछि हालसम्म ४५ जनालाई सहिद घोषणा गरिएको हो भने थप अध्ययनपछि अन्य घटनाका पीडितहरूको अवस्थाबारे पनि निर्णय गरिनेछ।
त्यसैगरी मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष नियमावली, २०८२ स्वीकृत गरेको छ।
विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउनका लागि ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ।
बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए।








प्रतिक्रिया