काठमाडौं
काठमाडौंको जडिबुटीमा स्कुटरमा सवार युवतीलाई कन्टेनरले ठक्कर दिएपछि निधन भएको छ ।
यो घटना विहीवार साँझको हो । दुर्घटनामा भक्तपुर नगरपालिका ७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको निधन भएको हो ।
काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा ना.८ ख ३९७५ नम्बरको डिब्बा गाडी(कन्टेनर)ले प्रदेश ३–०२–१४ प ९६६३ नम्बरको स्कुटरलाई बिहीबार साँझ
ठक्कर दिँदा स्कुटरमा सवार युवतीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया