काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।
आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको नामावलीमा डाक्टर र इञ्जिनियरहरूको उल्लेख्य उपस्थिति देखिन्छ। पार्टीको अध्यक्ष स्वयं इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय छन्। सदस्य सूचिमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही पनि इञ्जिनियरको रूपमा रहेका छन्।
त्यस्तै डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त पनि केन्द्रीय सदस्यका रूपमा समावेश छन्। कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि पार्टी सदस्यअघि नामावलीमा छिन्। कुलमान घिसिङले यसअघि साउन महिनामै जितराम लामाको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। दलको चुनाव चिह्न ‘चिम’ रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पदाधिकारी हेरफेर तथा अद्यावधिकका लागि उज्यालो नेपाल पार्टीले निवेदन दर्ता गराएको पुष्टि गरिएको छ।








प्रतिक्रिया