काठमाडौँ
सुनको मूल्यमा एकैदिन छ हजार ९ सय रुपैयाँले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको हो । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९ सयले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८ सय निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७ सयमा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि रु १ सय ५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १ सय ३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २ सय ८५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया