भक्तपुर
घना बस्ती भएको भक्तपुरमा थपिए १३ हजार ५ जना ७६ मात्रै मतदाता थपिएका छन् ।
निर्वाचन आयोग भक्तपुरका अनुसार गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७ सयदेखि एक हजार १ सय जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिएका छन् ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या दुई लाख नाघेको जानकारी दिए । मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको उनले बताएका छन् ।
आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ ।








प्रतिक्रिया