काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु वनस्थली चोकस्थित डेरामा बस्ने एक महिलाको कोठाबाट करिब १५ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काभ्रे घर भएकी ३२ वर्षीया पवित्रा तामाङको कोठाबाट सुन–चाँदीका गरगहना तथा नगद रकम चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
तामाङको कोठामा कोही नभएको मौका छोपेर अज्ञात व्यक्ति(हरू)ले गरगहना र नगद गरी करीब १५ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका हुन्।
घटनापछि प्रहरीले घटनास्थलको मुजुलुस गरेर चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीले आसपासको सीसीटीभी फुटेज संकलन, सूचनादाताबाट जानकारी लिनेजस्ता कार्यमार्फत दोषी पहिचानका लागि खोजी जारी राखेको बताएको छ।








प्रतिक्रिया