२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री वर्षा भन्छिन्, ‘यो समाजमा मलाई बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो’



ललितखबर
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले आफूलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भएको बताइकी छिन् । मिस्टर अर्जुनको नामबाट अभिनेत्री राउतलाई तथानाम गालीजन्य स्टाटस लेखेपछि सो शेयर गर्दै आफूले श्रीमान् संजोकसँग दिएको अन्र्तवार्ताको संन्दभ राख्दै दुखेसो पोखखेकी हुन् ।
उनले श्रीमान्लाई तिमी भनेर सम्बोधन गर्दा समाजले उठाएको प्रश्नप्रति असन्तुष्टि पोखेकी छिन् । भनेकी छिन्,‘श्रीमतीलाई “लाटी, अलछिनि” जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ । श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्जतिमा कसैलाई चासो हुँदैन । तर एउटै महिलाले आफ्नो आवाज उठाई दिँदा “तिमी “ जस्तो सामान्य शब्द बोल्दा पनि उही समाज ऊमाथि नै औँला उठाउन थाल्छ ।’
अभिनेत्री बर्षा र श्रीमान् संजोग कोइराला गएराति एक टेलिभिजन कार्यक्रममा खुलेर बोलेका थिए । श्रीमान् संजोगसँगको सम्बन्धको बारेमा फैलिएको हल्लाको खखण्डन गर्दै दुबैले कहिले काँही घर झगडा भएपछि बजारको हल्लाजस्तो सम्बन्ध संकटमा नपरेको बताएका थिए । दुबैजना टेलिभिजन कार्यक्रममा खुलेर बोलेका थिए ।
अभिनेता अभिनेत्रीहरुको नीजि जीवनका विभिन्न पाटोमा सञ्चारमाध्यमहरुमा चर्चा सुरु भएको विषयलाई सञ्जोगले फेसबुक मोनिटाइजेशनको बेला मसला बिक्रिका लागि भएको भन्दै हल्का रुपमा लिएको सुनाएका हुन् ।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।