१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिनाथ मन्दिर भित्रको संरचना विश्वसम्पदा मापदण्ड विपरित



काठमाडौँ
पशुपतिनाथ मन्दिरका संरचनाका कारण विश्वसम्पदा मापदण्ड विपरित रहेको भन्दै पुरातत्व विभागले पत्राचार गरेको खुलेको  छ ।
विभागले पशुपति विकास कोषलाई मन्दिर परिसरान मापदण्ड विपरित बनाइएको फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको हो । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिएका छन् ।
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको उनको भनाई छ ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार बताएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।