ललितखबर
यही २७ गतेबाट राजधानी नेतृत्व छनौटको आयोजना हुने नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि शनिबार ललितपुरका तीन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।
ललितपुर १ चापागाँउमा भएको निर्वाचनमा खुलातर्फ चेतनाथ सञ्जेल र मधुसुधन पौडेल निर्वाचित भएका छन् । पौडेलले लोकप्रिय मत ७ सय १३ पाए भने सञ्जेलले ६ सय ६५ मत पाएर विजयी भएका छन् । रमेशचन्द्र घिमिरे ३ सय ९१ र कृष्णमान लामा ५ सय २३ मत पाएर पछि परेका थिए ।
महिलातर्फ कमला लामा तामाङले सर्वाधिक मत ७ सय ५९ पाएर विजयी भइन् । साथमा तारा सञ्जेलले ५ सय ९५ मत पाएर प्रतिनिधि चयन भएकी छिन् । पराजित हुने गमला विष्टले ५ सय ८ र गोमा घिमिरेले ३ सय ६८ पाएका छन् ।
युवातर्फ विक्रम घिमिरेले ६ सय ८४ मतका साथमा विजय हासिल गरे । प्रतिश्पर्धि राजेन्द्र न्यौपानेले ५ सय १० मत पाएका थिए ।
१५ मंसिर २०८२, आइतबार
670
Shares








प्रतिक्रिया