२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढ्यो



काठमाडौँ
काठमाडौंमा चिसो ह्वात्तै बढेको छ ।काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

पछिल्लो समय बङ्गालको खाडीको न्यून चापीय प्रणालीको कारण मौसम बदली भएको छ ।

कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।