१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति रामवरण यादव


१२ माघ २०७६, आइतबार  

0
Shares

१२ माघ ०७६,भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ ।

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १० औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।”
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिनुभयो । परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उहाँले टिप्पणी गर्नुभयो ।

नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताउनुभयो । शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताउनुभयो । उहाँले आफ्नो जीवनमा चलअचल रु ४० करोड सम्पत्ति रहेकामा रु २० करोड फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालीम प्रदान गर्ने जानकारी दिनुभयो ।

त्यस्तै संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै रेड मुन नामक पत्रिकाको विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।