१२ माघ ०७६, काठमाडौं । उमेरमा संस्कृत भाषाको अध्ययन गर्न नपाई पाको उमेरमा प्रवेश गर्दा गल्ती गरिएछ भनी पछुताउनेका लागि नेपाल आर्य समाजले तीनमहिने भाषा प्रशिक्षण शुरु गर्ने भएको छ ।
त्यस्तैगरि विभिन्न पेशा र व्यवसायमा संलग्न वरिष्ठ मानिसबाटै यस्तो गुनासो आउन थालेपछि पहिलो चरणमा सामान्य रुपमा संस्कृत बोलचाल र नीति वचनका श्लोकको अभ्यास गर्न सिकाउने उद्देश्यले बेलुकी ४ः३० देखि ५ः३० बजेसम्म कार्यक्रम शुरु गर्न लागिएको समाजका अध्यक्ष माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रम यही माघ १८ गते शनिबारदेखि शुरु हुने भएको छ ।
प्रशिक्षार्थीको रुचि रहेमा दोस्रो चरणमा पनि तीनमहिने कक्षा सञ्चालन गरिनेछ । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका उपप्राध्यापक रोहिणराज तिमल्सिनाले तीन महिनासम्म प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण समाजको केन्द्रीय कार्यालय बानेश्वर हाइटमा गरिने समाजलेजानकारी दिएको छ ।
त्यस्तैपहिलो चरणमा १५ जनालाई मात्र कार्यक्रममा सहभागी गराउन सकिने । संस्कृत र संस्कृतिको जगेर्नाका लागि प्रशिक्षण आयोजना गर्न लागिएको हो।







प्रतिक्रिया